नियम २३
पुनरावेदन नगर्दाको कार्यविधि
(१) नेपाल सरकार वादी हुने मुद्दामा कुनै अदालत वा मुद्दा हेर्ने. अधिकारी वा निकायबाट भएको फैसला उपर पुनरावेदन गर्नु पर्ने नदेखिएमा पुनरावेदन गर्नु नपर्ने कारण सहितको राय सम्बन्धित सरकारी वकील कार्यालयले माथिल्लो सरकारी वकील कार्यालयमा -पुनरावेदनको म्याद शुरु भएको दश दिनभित्र पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुनरावेदन नगर्ने प्रस्ताव प्राप भएपछि माथिल्लो सरकारी वकील कार्यालयले पुनरावेदन. गर्नु नपर्ने वा पुनरावेदन गर्न उपयुक्त नहुने देखेमा पुनरावेदन नगर्ने आधार र कारण सहित निकासाका लागि मिसिल प्राप्त भएको दश दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमा पठाई निकासा भए बमोजिम गर्नु वा गराउनु पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला अदालतले पुनरावेदनको रोहमा गरेको फैसला_उपर न्याय प्रशासन ऐन, २०७३ को दफादको उपदफा (३) को खण्ड (ग) बमोजिम उच्च अदालतमा पुनरावेदन नगर्ने अन्तिम निर्णय सम्बन्धित उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले गर्न सक्नेछ। यसरी निर्णय भएकोमा सोको अभिलेख राखी निर्धारित ढाँचामा महान्यायाधिवक्ताको कार्यालयमा निर्णय भएको मितिले तीन दिनभित्र पठाउनु पर्नेछ ।